Tuesday, November 30, 2010

Should Wenger Rest Star Players?

0
Arsene

Look at what happened when Wenger gambled with Cesc on Champions League. It went wrong terribly. Now he is out for two or more weeks and he could miss the Man Utd trip.

Lots of our player has returned back from injuries. Robin Van Persie,Bendtner, Walcott and others. Still Vermaelen, Fabregas, Diaby, Eboue are sidelined due to injury. Should they be hurried for their return and have chronic level injuries or be rested. Also what about Wilshere ?? I just have a feeling he is being over used and might have a future like Owen. We definitely don't want that, do we?

I have just words of inspiration for Chamakh. He has taken bruises, he has been battered, he has pain in his neck, his body aching with scratch marks and stiff muscles but still somehow manages to get a tough and rough goal as against Spuds and Aston Villa. Man with scarf has been superb. But for how long? He should not be overplayed else someday he is gonna come limping off the pitch.

So, what is the solution? Persie and Bendtner are back but out of form. Chamakh and Nasri are in terrific form but we couldn't risk them. Midfielders and strikers are the one who are most vulnerable to injuries. I don't mean that defence won't get injured but front line is the area where we are more vulnerable. So, we have now four fit strikers. Chamakh, Persie, Bendtner and Vela. Only Chamakh is inform. We have Arshavin, Walcott, Nasri, Song, Wilshere, Rosicky and Denilson in midfield with Fabregas, Eboue and Diaby injured. And we have fixture Wigan(Carling Cup), Fulham, Partizan(Champions League), Man Utd, Stoke, Chelsea and Wigan on December. Basic thing that we need to do now is keep our rated players fit for Man Utd and Chelsea clash while we should have at least a point to secure a position in knock out stage in champions league. Wenger surely will have a tough time deciding which player he should choose for these fixtures.

Friday, July 9, 2010

Exploring Bandipur cave

0
शुरु गरौं यो hikingका हुन नसकेका co-ordinator श्री पवन पोख्रेलबाट । हप्तौ अघिदेखिको प्लान - दुई दिनको लागि बन्दीपुर जाने अनि मोज गर्ने केटा हो !!! सब गर्योf उसले रुट मिलायो, फोटो खोज्यो, mail पठायो, कसलाई लाने कसलाई कसरी फकाउने लिस्ट बनायो । जाने बेलामा चै tetanus को सुइ लगाएर थला पर्योो । अब How do you ‘really’ want something somebody please ask Mr. Coelho. लिस्टमा अरु पनि फेरबदल भए, आउने नआउने ठेगान नभएकाहरू झोला बोकेर आए, आउछु भन्नेहरू हराए; कलंकीमा एक जना चढेपछि जम्मा जम्मी ११ जना यात्री भए, ड्राइभर सिटमा बसेका रामदाइ समेत । सर्वविभागिय चै भएन, अब घुम्न जाने कुरामा पनि के समानुपातिक खोजि भो र । सिङ भएको बहादुरले पवनको ठाउ लिने भयो, बन्दीपुर नगई सिधै पोखरा हानिने प्रस्ताव पनि आयो तर तेस्तो भएन । नौबिसेमा चिया नास्ता गर्ने बेला एउटा Greenline बसले उछिन्यो, त्यो कुरा हाम्ले फोनबाट थाहा पायौं । चना चिउरा, मासु चिया, कोक, फ्यान्टा - बिल नं १, रु ७२०, नाम सन्तोष भएकोले हिसाब किताब मेरो जिम्मा ।
अर्को स्टप विमलनगर, सिद्ध गुफा भएको ठाउँ, त्यो बेलासम्म रामदाइ सर्वसम्मतिबाट co-ordinator नियुक्त भै सक्नु भएको थियो । गुफा पुग्न अलि उकालो लाग्न पर्ने रैछ, मध्य घाममा उकालो चढ्न पर्ने भो । बुढो भइएछ भन्ने थाहा भो । फटाफट हिड्नेहरू अघि लागे हामी चै पछि पछि पसिनाले नुहाउदै चढ्दै । Heart beat १२०/१४० पुग्यो होला । बाटोमा एउटा खैरे भेटियो, मभन्दा अघि हिड्ने जीवनलाई नमस्ते गर्योद, पछि हिड्ने बबिन्सलाई नि गर्योन मलाई चै गरेन, मोरोले पाँच मिनेट छ भन्थ्यो । तेस्ता ५ मिनेट त छाया पर्याो ठाउँमा कति बसियो कति । गुफाबाट शीतल हावा आउने रैछ, माथि पुगे पछि थाहा भो Corollary 1 Fan भित्र पनि गुफा हुन पर्छ ।
दुई पाउ, चार पाउमा चिप्लदै, लड्दै गुफाभित्र पुगियो । लड्नेहरूमा Lord of the rings 4 का डाइरेक्टर साब नि हुनुहुन्थ्यो । हामीमध्ये तेस्तो फोटोग्राफर भनाउदो कोही थिएन, त्यो त फोटो हेरेर नि थाहा भैहाल्छ, अफिस क्यामको flash नि बिग्रेको थ्यो, कहिले काही मात्र चल्ने ।

गुफा पछि बन्दीपुर - सफा निलो आकाशमा कतै कतै बादलका स‌ साना टुक्रा, यतातिर धुलो नि नउड्ने रैछ, गाडीको ac बन्द गर्नै परेन । बबिन्स बाटोमा खसेका तारा गन्न खोज्दै थियो, रघुले दिएन । ‘मुटु यति कमलो नभइ ढुङ्गाको गोला भैदिए …’ यो गीतलाई बज्नबाट न kHzमा गीत फेर्ने बबिन्स रोक्यो, न 10 kHzमा गीत चेन्ज गर्ने रघुले नै ।
बन्दीपुरलाई बन्दीपुर किन भन्दा रैछन चै थाहा भएन, भक्तपुर जस्तो लाग्यो मलाई चै । नेवार र तामाङ(?) बस्तीमा ढुङ्गा छापेको भुइँ, पुराना शैलीको घरहरू, पर्यटन प्रवर्धन गर्ने व्यवसायीहरू । रामदाइलाई कता कताको फोटो खिच्ने सब थाहा छ, फोटो सोटो खिचियो । आफ्नै देशमा घुम्दा सबले टुलुटुलु हेर्दियो भने सारै अप्ठेरो हुन्छ तर त्यहाँकालाई बानी परिसकेको जस्तो छ, तेस्तो खासै क्यै भएन । अब पोखरा, पछिल्लो हप्ता जस्तो क्यै unexpected चै थिएन यो, बन्दीपुर पुग्नु नै चै unexpected थ्यो कि बरु ।
७ बजेतिर पुगियो होला, पोखराको लेकसाइड ठमेल जस्तो लाग्छ मलाई, यसो अगाडि गएर दाहिनेतिर लाग्यो भने घरै पुगिने जस्तो, त्यहाँ चै तेस्तो गर्दा फेवाताल पुगियो डुङ्गाहरू राख्ने ठाउँमा । We tried beeing busy, जुसहरू खाइयो - Pineapple juice, Pineapple juice with milk, with lime, fermented juices served with Live music - Pink Floyd, metallica, eagles and of course Summer of 69. पाँच जनालाई तेति भए पछि खाना खान परेन अरु ६ जनालाई चै भातै नभै नहुने, पहिल्यै अडर गरेको ठाममा गइयो - पण्डित, गणतान्त्रिक, लोकतान्त्रिक सबै खाले खाना थियो, कुन कुन चै खाइयो थाहा भएन तर टन्न खाइयो । केटाहरूले Beer walk देखाए, अनि सुत्नो गए । २ बजेसम्म त गफगाफै चल्दै थ्यो तेसपछि अरु चै निदाए, जहाँ पनि जतिखेर पनि निदाउने एक जना चै निदाउनै सकेन । घरबाहिर खाटमा सुत्न् पर्योन कि यस्तै हुन्छ मलाई निद्रै लाग्दैन, अनि त के साइडमा सुत्नेिको घुराइँ सुन्दै लमतन्न । भोलिपल्ट पोखरा आएपछि नगरी नहुने/नगई नहुने ठाउँहरू मध्ये केही भ्याइयो । अरू ठाउँहरू नि भ्याउने मन थियो होला तर चाँडो घर फर्कन पर्नेहरू हावी भए । १४३० मा जाममा परे पछि ये घुम्न पो पर्ने रैछ जस्तो भयो । खैरेनीका एक जनालाई गाडीले किचेको रैछ, बाइक दुई टुक्रा भाको थ्यो रे, बाटो चै ९ बजेदेखि जाम, कैले खुल्ने ठेगान छैन । बेलाबेलामा मेरो हावा खुस्कन्छ भनेर केही केही थाहा छ त्यो दिन अरू ८-९ जनालाई थाहा भयो । मलाई कुर्दा कुर्दा बेगनासतिर जाने योजनामा तुषारापात भएछ, पोखरातिर फर्कन नि दिएनछन् तेसपछि । सबलाई छटपटी, यता उता ओहर दोहर गरियो, काठमाडौंको न्यू रोडको मान्छेलाई पोखराको न्यू रोडमा पुर्यानइयो फोनै फोनबाट । ४ घण्टापछि जाम खुल्छ, वार्ता सफल भयो होला, पीडितले र बन्द गराउनेले क्षतिपूर्ति बाढे होलान् सरकारी ढुकुटीबाट, थानिय व्यापारीले अलि अलि नाफा कमाए होलान्, शहीदहरूको लिस्टमा एउटा नामै पो थपियो कि, सब थोकको भाउ बढिरा बेला शहीदको भए पनि भाउ त घट्यो ।
आकाशमा कुनै चित्रकारले कूचि चलाएछन् क्यारे बादलहरू देखा पर्न थाले, बाक्लिदै गयो अनि घनघोर पानी पर्योए । छिटै घर पुग्न खोज्दा गाडीबाट काइँकुइँ आवाज आउन थाल्यो र गति अलि सुस्त पार्दै, बिरालोले बाटो काटेको ठाउँमा रोक्दै, रामदाइलाई उघ्न नदिदै १२ बजेतिर २ दिने कथित hiking सकिनै आट्यो । भोलिपल्ट बिहानै ड्युटी हुँदा हुँदै १ बजेसम्म घर घर पुर्‍याइदिने रामदाइलाई धेरै धेरै धन्यवाद ।

Author: Santosh Pradhan

Thursday, June 10, 2010

snapshot, timelapse

0
हाई सर्दो रैछ - मैले आमाले र ड्याडले लहरै हाई गरे पछि लाग्यो । सि एफ एल को एक तमासको उज्यालो छ जुन ब्याट्रीबाट चल्छ - लोड सेडिङ्गको बेला हो । एक छिन अघिसम्म के के कुरा भैराथ्यो अब शायद त्यो सकियो, तीन जना चारतिर फर्केर बसेका छन्, चुप छन्, यस प्रकारको पारिवारिक जमघट हुन लोड सेडिङ्ग चाहिन्छ । बत्ती हुदो हो त कल्लाई फुर्सद थियो र, टिभी चल्थ्यो होला रेडियो बज्थ्यो, मेरा आँखाहरू एकनासले घोरिरहेका र औलाहरू लगातार ठोक्किरहेका हुन्थे पक्कै तर तिनले ऐले आराम पाएका छन् र शान्त छन् ।
घर अगाडिको गल्लीमा बिनाकारण ओहरदोहर गरिरहन खासै उज्यालो चाहिन्न; बरन्दा, कौशीमा हावा खादै टहल्न पनि । आकाशको टिलपिल गन्ने चेष्टा अब हुन्न; कुनै बेला कुन सप्त हो कुन ऋषि हो छुट्टाउने ठूलै रहर थ्यो, अब तेति धैर्य शायद ममा छैन । ताराहरूमाझ जून छ - चन्द्रमामा मान्छेहरू अनेक आकृति देख्छन् म जहिल्यै जुरासिक पार्कको लोगो देख्छु श्यामश्वेतमा ।
समपन्नता र विपन्नताबीचको पर्खालमा इन्भर्टर र ब्याट्रीको इटा थप्ने लोडसेडिङ्गले के दियो त - अध्यारो । अध्यारो जसमा रंगको भेद रहदैन - सत सहस्र रंगहरू गाढा कालो र हल्का कालोको बीचमा विलय हुन्छन् निस्सार । यही निस्सारताकोबीचमा भारी मनलाई बिसाउन सकिन्छ, अनेक कुराहरू खेलाउदै अर्को दिनको उज्यालोमा घिस्रन राजी बनाउन सकिन्छ । अध्यारो पाउनु मेरो नागरिकताको उपज हो । सानो छँदा साह्रै छटपटी हुन्थ्यो अध्यारोमा । मेरा लागि मनोरञ्जनका सबै उपायहरू बन्द भैजान्थे अध्यारोसँगै, अनि बत्ती नहुँदा पनि गर्न सकिने रमाइलो कामको चाह रहन्थ्यो । यो खोजले आजका दिनहरूमा आएर पूर्णता पाएको छ; अध्यारोमा बिना मुकुण्डो बसेर आफ्नो नामलाई सार्थकता दिन्छु । वर्षातको आगमनको साथ अध्यारोले मलाई दिने समय कम हुदै गएको छ, घर फर्कदा आजकल उसले मेरो स्वागत गर्दैन, यतिका दिनसम्म साथ दिएको छ, गुनासो गर्ने ठाउँ पनि त छैन, म अर्को हिउदको प्रतिक्षामा छु । 

Courtesy: Facebook Notes
Author: Santosh Pradhan

Dilbert